चेतना प्रतिष्ठानको यस वर्षको पुरस्कार घोषणा


 


विराटनगर, पुस १७

चेतना संरक्षण प्रतिष्ठान नेपालले यस वर्षको साहित्य, पत्रकारिता, समाजसेवा, धर्मसंस्कृति र लिलितकला पुरस्कार घोषणा गरेको छ ।
प्रतिष्ठानको कार्यसमिति बैठकले ‘धर्मानन्द-रामप्यारी सिटौला साहित्य चेतना पुरस्कार’ वरिष्ठ समालोचक डा लक्ष्मण गौतमलाई प्रदान गर्ने प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदीले जानकारी दिनुभयो ।

यस्तै ‘बालकिसन- नर्वदादेवी मुन्दडा सनातन मानवीय धर्म- संस्कृतिक चेतना पुरस्कार’ मणिराज जोशी (धनगढी)लाई, ‘ओमप्रकाश गोयल समाजसेवा चेतना पुरस्कार’ वरिष्ठ समाजसेवी एवं एविसी नेपालकी अध्यक्ष दुर्गा घिमिरे (काठमाडौँ) लाई प्रदान गर्ने भएकोे छ ।

‘नरेश सुवेदी साहित्य पत्रकारिता पुरकार’ वरिष्ठ टेलिभिजन पत्रकार दुर्गानाथ शर्मालाई ‘भूपेन्द्र- शोभा रिजाल ललितकला चेतना पुरस्कार’ कलाकार यादवचन्द्र भुर्तेललाई प्रदान गरिने भएको छ ।

सम्मानपत्रसहित सबै पुरस्कारको राशि जनही रु ५१ हजार छ । घोषित सबै पुरस्कार आगामी माघ महिनामा प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा प्रदान गरिने अध्यक्ष सुवेदी बताउनुभयो । विसं २०६१ मा सो प्रतिष्ठान स्थापना भएको थियो ।

प्रकाशित मिति: १७ पुस २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्