प्रदेशसभामा समानुपातिकतर्फ कांग्रेसबाट को-को सांसद बने ? (सूचीसहित)


 


काठमाडौं, पुस १५
कांग्रेसले प्रदेश सभामा समानुपातिकबाट प्रतिनिधित्व गर्ने सांसदको नामावली सार्वजनिक गरेको छ ।

कांग्रेसले शुक्रबार राती निर्वाचन आयोगमा सूची बुझाएको हो । शुक्रबार बिहानदेखि सांसदको नाम टुंग्याउन कांगेस संसदीय बोर्डको बैठक बसेको थियो ।

बैठकममा देउवा र पौडेलपक्षबीच चर्काचर्की परेको थियो । कांग्रेसले विवादकाबीच सांसदको सूची बुझाएको हो । कांग्रेसले प्रदेशसभामा समानुपातिकतर्फ ७२ सिट प्राप्त गरेको थियो ।

यी हुन् प्रदेशसभामा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरु

प्रदेश १

प्रतापप्रकाश हाङमाङ, विद्यानन्द चौधरी, चन्द्रप्रसाद श्रेष्ठ, लीला सुब्बा, ज्योति सुब्बा, शेखरचन्द्र थापा, लोकप्रसाद संग्रौला, सीतादेवी पौडेल, विन्दिया कार्की, नवोदिताकुमारी चौधरी, टेकचन्द्र विश्वास, ओम सराबगी, अनिताकुमारी साबू

प्रदेश २

शिवचन्द्र चौधरी, ओमप्रकाश शर्मा, सरस्वती चौधरी, गीताकुमारी यादव, मञ्जुकुमारी यादव, असियादेवी थरुनी, प्रमिलादेवी दास, श्यामपरी देवी, नरेशकुमार यादव, शेखररसिद अली, सल्मा खातुन

प्रदेश

मिलन श्रेष्ठ, राजेन्द्र गुरुङ, न्हुच्छेनारायण श्रेष्ठ, शान्तबहादुर प्रजा, राधा घले, जीवन डंगोल, विजया श्रेष्ठ, रजनी जोन्छे, राजाराम कार्की, बलराम पौडेल, भीमसेन खत्री, गीता वाग्ले, बिजुला बर्मा, कल्पना नेपाली

प्रदेश ४

मेखलाल श्रेष्ठ, ललितकला गुरुङ, सरिता गुरुङ, मनकुमारी गुरुङ, मणिभद्र शर्मा कँडेल, ओमकला गौतम, कुमार खड्का, दोबाटे विश्वकर्मा, कोपिला बोहरा

प्रदेश ५

बलदेव शर्मा पोखरेल, निर्मला क्षेत्री, रमा अर्याल, वीरबहादुर राना, भुवनेश्वर चौधरी, पुष्पा थरुनी, माला गोतामे सुनार, रुन्धावती दुबे, अर्जुनकुमार श्रेष्ठ, रिना विक, सूर्यमति उपाध्याय, याकुब अन्सारी

प्रदेश ६

यज्ञबहादुर बिसी, हिमबहादुर शाही, अमृता शाही, दीनबन्धु श्रेष्ठ, झोवा विक

प्रदेश ७

गोविन्द बोहरा, देवराज पाठक, दिव्यश्वरी शाह, अम्बीकुमारी थापा, उमा वादी, श्यामला राना, कुमारीनन्द बम, टेकबहादुर रैका

प्रकाशित मिति: १५ पुस २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्