सरकारले दियो पुस २७ गते सार्वजनिक बिदा
काठमाडौं, पुस १४
सरकारले पुस २७ गते सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दे उक्त दिन बिदा दिएको जनाएको छ ।
गृह मन्त्रालयको विज्ञप्तीमा भनिएको छ–२०७४ पुष २७ गते विहिबार राष्ट्रिय एकता दिवसको अवसरमा नेपाल राज्यभरका सबै सरकारी कार्यालयहरु एवम् विदेशस्थित नेपाली नियोगहरु समेतमा सार्वजनिक विदा दिने भनी नेपाल सरकारबाट निर्णय भएको व्यहोरा सबैको जानकारीको लागि अनुरोध गरिएको छ ।
प्रकाशित मिति: १४ पुस २०७४, शुक्रबार