यी हुन् माओवादी केन्द्रले प्रदेशसभामा छानेका ३५ सांसद (सूचीसहित)
काठमाडौं, पुस १४
नेकपा(माओवादी केन्द्र)ले प्रदेशसभातर्फ ३५ जनाको नाम सिफारिश गरेको छ ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालयको आज बसेको बैठकले प्रदेशसभातर्फ समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतका सदस्यको चयन गरेको हो ।
पार्टीले प्रदेश नं १ र २ मा पाँच पाँच, प्रदेश नं ३ मा आठ, प्रदेश नं ४ मा तीन, प्रदेश नं ५ मा छ तथा प्रदेश नं ६ र ७ मा चार चार उम्मेदवारलाई प्रदेशसभाको समानुपातिक सांसदमा सिफारिश गरेको छ ।
पार्टीले अधिकांश प्रदेशमा महिलालाई सिफारिश गरेको छ । संविधानको मर्मअनुसार ३३ प्रतिशत महिला प्रतिनिधित्व मिलाउनैपर्ने बाध्यकारी व्यवस्थाका कारण कूल ३५ जनामा पाँच जना मात्रै पुरुष सिफारिशमा परेका छन् ।
प्रदेश नं २ मा दुई र प्रदेश नं ३ मा तीन पुरुष सिफारिशमा परेका छन् । गत मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रदेशसभातर्फ माओवादी केन्द्रका ७४ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट विजयी भएका थिए ।
निर्वाचन आयोगले आजसम्म प्रदेशसभाका लागि समानुपातिकतर्फको उम्मेदवारको नाम बुझाउन समय दिएको थियो ।
प्रदेश नं १
१ सीता थेवे
२ कुशुमकुमारी श्रेष्ठ
३ शौभाग्य राई
४ सरस्वती पोखरेल
५ उमिता बिश्वकर्मा
प्रदेश नं २
१ जगतप्रसाद यादव
२ महम्मद समीर
३ रुबीकुमारी कर्ण
४ प्रमिला कुमारी यादव
५ फुलियादेवी सदा
प्रदेश नं ३
१ दिनेश महर्जन
२ आङ्देण्डी लामा
३ ओम घलान
४ हिमाली गोले
५ प्रतिमा श्रेष्ठ
६ सीता अधिकारी
७ भावना सुवेदी
८ कञ्चन खनाल
प्रदेश नं ४
१ गायत्री गुरुङ
२ मधु अधिकारी (गुरुङ)
३ दिलमाया रोकामगर (गौतम)
प्रदेश नं ५
१ गीता थापा
२ दामाकुमारी शर्मा
३ पार्वती पुन (गहतराज)
४ लौटी थारु
५ दीपा बिक
६ सुष्मा यादव
प्रदेश नं ६
१ पुष्पा घर्ती बिष्ट
२ सीताकुमारी नेपाली
३ बिमला केसी
४ कृष्णा शाह
प्रदेश नं ७
१ निर्मला बडाल (जोशी)
२ कुन्ती जोशी
३ बिनिता चौधरी
४ शान्ति नेपाली
प्रकाशित मिति: १४ पुस २०७४, शुक्रबार