दीलनाथ गिरीको मन्त्री पद चट्, यसरी गरे कमल थापाले ठाउँको ठाउँ कारबाही


 


राप्रपाद्वारा मन्त्री गिरीलाई पदबाट फिर्ता बोलाउने निर्णय
काठमाडौँ, पुस १४
राष्ट्रिय प्रजातन्त्र पार्टीले शहरी विकास मन्त्री दीलनाथ गिरीलाई मन्त्री पदबाट फिर्ता बोलाउने निर्णय गरेको छ ।

पार्टी प्रवक्ता भुवन पाठकका अनुसार मन्त्री गिरीले पार्टी अनुशासन विपरीत कार्य गरेकाले हटाउने निर्णय गरिएको र सो विषयमा प्रधानमन्त्रीलाई पत्राचारसमेत गरिएको जानकारी दिनुभयो ।

मन्त्री गिरीले सो विषयमा आफूले पनि हल्ला सुनेको बताउनुभयो । पार्टी अध्यक्ष निरंकुश भएपछि कुनै पनि नेता जुनकुनै समयमा कारबाहीमा पर्नसक्ने उहाँको भनाइ छ ।

बिहिबारको मन्त्रिपरिषद बैठकमा थापा र गिरीबीच भनाभन भएको थियो ।

सचिव सरुवाको विषयलाई लिएर दुईजनाबीच क्याबिनेट बैठकमा चर्काचर्की भएको थियो ।

त्यही विषयलाई लिएर थापाले गिरीमाथी एक्सन लिएका हुन् ।

प्रकाशित मिति: १४ पुस २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्