राष्ट्रियसभाको गाँठो फुक्यो, राष्ट्रपतिद्धारा राष्ट्रियसभा अध्यादेश प्रमाणिकरण


 


काठमाडौं, पुस १४
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धी अध्यादेश प्रमाणिकरण गरेकी छन् ।

लामो विवादपछि अन्ततः राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेकी हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङसँगको भेटपछि राष्ट्रपति भण्डारीले अध्यादेश प्रमाणीकरण गरेकी हुन् ।

राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले अध्यादेश प्रमाणीकरण भएको जानकारी दिए।

अब एकल संक्रमणीय मतका आधारमा ७ प्रदेशबाट आठ आठ सदस्य गरि ५६ सदस्यको निर्वाचन गर्ने बाटो खुलेको छ । मन्त्रिपरिषदको सिफारिसमा ३ सदस्य राष्ट्रपतिले मनोयन गर्ने व्यवस्था छ ।

प्रकाशित मिति: १४ पुस २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्