बैतडीमा स्वास्थ्य चौकीलाई ६ रोपनी जग्गा दान


 


बैतडी, १४ पुस

बैतडीको सुर्नया गाउँपालिका-५ मा स्वास्थ्य चौकीको भवन निर्माणका लागि स्थानीयवासीले जग्गा दान गरेका छन् । सुर्नया-५ को दीपखाली बस्ने ध्वजबहादुर बिष्टका छोरा भीमबहादुर बिष्ट र डम्मरबहादुर बिष्टले ६ रोपनी जग्गा दान गर्नुभएको छ ।

लामो समयदेखि स्वास्थ्य चौकीका नाममा जमिन नहुँदा नयाँ भवन निर्माणका लागि कठीनाई भइरहेका बेला जग्गा प्राप्त भएपछि अब स्वास्थ्य चौकीको भवन निर्माणका लागि सहज हुने वडा नं ५ का वडाध्यक्ष केशवसिंह मडैले जानकारी दिनुभयो ।

जग्गादाता बिष्ट परिवारलाई वडा कार्यालयका तर्फबाट धन्यवादसमेत ज्ञापन गरिएको छ । बिष्ट परिवारले स्वाथ्यचौकीका नाममा जग्गा नामसारी गरिसकेको जनाइएको छ । उक्त जमिनमा अब स्वास्थ्य चौकी भवन निर्माण कार्य थालिने भएको छ ।

यसअघि पनि बैतडीका अधिकांश स्वास्थ्य चौकीका भवन निर्माणका लागि यहाँका स्थानीय बासिन्दाले जग्गादान गर्नुभएको छ ।

प्रकाशित मिति: १४ पुस २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्