नेपालमा कस्तो अचम्मको शिशु जन्मियो, दुई टाउको, चार हात भएको


 


काठमाडौँ, पुस १३

धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्त्री तथा प्रसुती विभागमा प्रसुतीका लागि आएकी एक महिलाले चार हात, दुइ टाउको र दुई खुट्टा भएको नवजात शिशुको जन्म दिएकी छिन् ।

प्रसुतीका लागि जटिल अवस्था आएपछि तत्कालै पेट चिरेर शल्यक्रिया गर्दा चार हात, दुई टाउको र दुई खुट्टा भएको बच्चा जन्मिएको प्रतिष्ष्ठानका डा. सूर्यप्रसाद रिमालले बताउनुभयो । अनौठो बच्चा जन्मिएपछि शल्यक्रियामा सम्लग्न चिकित्सक र नर्सहरु समेत छक्क परेका थिए ।

प्रसुती विभागका चिकित्सक डा. सूर्यप्रसाद रिमालका अनुसार इनरुवा -८ बस्ने चन्द्रनारायण मण्डल र सोनम मण्डल दम्पतीका छोरीका रुपमा शिशुको पेट र छाती टाँसिएको तर चार हात, दुई टाउको, दुई खुट्टा र एउटै यौनाङ्ग भएको नवजात शिशु जन्मेको हो । उक्त नवजात शिशु स्वास प्रस्वासको समस्याले जन्मेको २४ घण्टा पछि मृत्यु भएको बुझिएको छ ।

प्रकाशित मिति: १३ पुस २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्