सिमेन्ट र छडको मूल्य अप्रत्याशित वृद्धि भएपछि उपभोक्ता मारमा


 


विराटनगर, पुस १३
विराटनगरमा सिमेन्ट र छडको मूल्य अप्रत्याशित रुपमा वृद्धि भएपछि उपभोक्ताहरु मारमा परेका छन् ।

गत मंसिरमा प्रतिबोरा रु ८९५ पर्ने ओपिसी सिमेन्ट अहिले प्रतिबोरा रु ९२५ देखि रु ९५० सम्ममा बिक्री भइरहेको छ ।

सिमेन्टको मूल्य वृद्धि भएपछि विराटनगरका अधिकांश हार्डवेयर पसलले सिमेन्टको कृत्रिम अभाव सृजना गरेका छन् । मूल्य स्थिर भएपछि यतिखेर मारुती सीमेन्ट, तेज लगायतका सिमेन्ट प्रतिबोरा रु ९३० मा बिक्री भइरहेको छ । प्रतिबोरामा रु ३० सम्ममा मूल्य वृद्धि हुँदा उपभोक्ता मारमा परेका छन् ।

त्यस्तै, फलामे छडको मूल्यमा समेत वृद्धि भएको छ । अधिकांश छड उत्पादन गर्ने उद्योगले प्रतिकिलो रु ११ सम्म वृद्धि गरेका छन् । अहिले हुलास र जगदम्बा लगायतको छड प्रतिकिलो रु ८१ मा बिक्री भइरहेको छ भने हामा उद्योगको छड प्रतिकिलो ८६ रुपैयाँ ५० प्रसामा बिक्री भइरहेको छ ।

प्रकाशित मिति: १३ पुस २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्