सुनको भाउ बढ्यो, कति छ आज ?


 


काठमाडौं, पुस १३

आज (विहीबार) फेरि नेपाली बजारमा सुनको भाउ तिन सय रुपैयाँका रदले बढेको छ ।

आज सुन प्रतितोला ५५ हजार छ सय रुपैयाँ पुगेको छ ।

हिजो (बुधबार) सुन प्रतितोला ५५ हजार तिन सय रुपैयाँमा कारोबार भईरहेको थियो भने आज सुन प्रतितोला ५५ हजार छ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला सात सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १३ पुस २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्