अरुण गाउँपालिका वडाध्यक्ष खत्रीलाई विप्लवको पार्टीले कुटेको खुलासा


 


भोजपुर, पुस १३
गत शुक्रबार भोजपुरको अरुण गाउँपालिका वडा नं १ का वडाध्यक्ष नगेन्द्र खत्रीमाथि कुटपिटको घटना विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जिम्मा लिएको छ ।

घरबाट वडा कार्यालय जाँदै गरेका खत्री माथि ५–६ जनाको समूहले सांघातिक हमला गरेको थियो । नेकपाले विज्ञप्ती जारी गर्दे घटनाको जिम्मा लिएको छ ।

उसले भनेको छ –चुनावमा कांग्रेसलाई भोट मागेको, योजना मनपरी ढंगले संचालन गरेको, दलिय आस्थाका आधारमा कर्मचारीलाई विभेद गरेको, बजेटमा राजनीतिकरण गरेको र नेकपाविरुद्ध सुराकी गरेका कारण सुध्रनका लागि कारबाही गरेको जनाएको छ ।

यता पाटन अस्पतालमा उपचाररत खत्रीले भने नेकपाको आरोप निराधार भएको बताएका छन् ।

आक्रमणबाट खत्रीको कम्मर मुनीको भागमा गहिरो चोट लागेको छ । खत्री कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।

प्रकाशित मिति: १३ पुस २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्