फोरमसँग तत्काल एकता प्रक्रिया शुरु गर्ने : नेता महतो


 


काठमाडौँ १२ पुस

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संघीय समाजवादी फोरम र राजपा नेपालवीच चाँडो पार्टी एकता हुने गरी छलफल भइरहेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उहाँले फोरमसँग तत्काल एकता प्रक्रिया शुरु गर्ने बताउनुभयो ।

“राजपा र फोरमबीच चाँडो एकता हुन्छ, अहिलेको जनमत पनि दुई पार्टी एकताका लागि नै हो,” नेता महतोले भन्नुभयो- “संविधान संशोधन र जनताको अधिकारलाई केन्द्रविन्दुमा राखेर हामी अघि बढेका छौं ।”

धनुषा क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका नेता महतोले राजपाको ध्यान सरकार निर्माणमा नभएको बताउँदै प्रदेश नं २ को सरकार पनि राजपा र फोरमबीचको गठबन्धनको हुने स्पष्ट पार्नुभयो ।

राष्ट्रिय सभासम्बन्धी अध्यादेश राष्ट्रपतिले रोकेर राख्न नहुने धारणासमेत उहाँले व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: १२ पुस २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्