खुसीको खबर : भोजपुर – धरान ट्याक्सी चल्न थाल्यो


 


भोजपुर, पुस ११
भोजपुर –धरान ट्याक्सी सञ्चालन हुने भएको छ । सगरमाथा ट्याक्सी व्यावसायी संघ भोजपुर र सुनसरी ट्याक्सी व्यावसायीबीच भएको सम्झौता अनुसार वुधवार (भोलि) बाट ट्याक्सी सञ्चालनमा आउने भएको छ ।

दुवै व्यावसायीबीच भएको निर्णय अनुसार दैनिक भोजपुरबाट तीन र धरानबाट तीन वटा ट्याक्सी चल्ने भएका छन् ।

तत्कालका लागि भाडादर एक हजार ५० तोकिएको भोजपुर ट्याक्सी व्यावसायी समन्वय समितिका संयोजक पाविहाङ राईले जानकारी दिए ।

यस अघि भोजपुर– धरान सडक खण्डमा वसले मात्र सेवा दिदै आएको थियो । ट्याक्सी चल्ने भएपछि भोजपुरबासी खुसी भएका छन् । अब सडक यात्रुहरुलाई आवतजावतमा थप सहज हुने बताइएको छ ।

प्रकाशित मिति: ११ पुस २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्