पाल्पाका २५ पुुस्तकालय सामुदायिक विद्यालयलाई हस्तान्तरण
पाल्पा, पुस ११
रुम टु रिड र बेस नेपाल, पाल्पाद्वारा सञ्चालित २५ पुस्तकालय सामुदायिक विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
पाल्पा जिल्लामा एकीकृत साक्षरता कार्यक्रमअन्तर्गत पहिलो चरणमा सञ्चालित २५ पुस्तकालय विद्यालयलाई नै हस्तान्तरण गरिएको हो । हस्तान्तरण अघि पुस्तकालयको देखदेख तथा व्यवस्थापन रुम टु रिड र बेस नेपालले हेर्दै आएका थिए ।
जिल्ला शिक्षाको सहकार्यमा सन् २०१४ देखि सञ्चालित कार्यक्रमको समय अवधि सकिएपछि कार्यक्रम गरेर बेस नेपाल र रुम टुु रिडले विद्यालयलाई नै पुुस्तकालय हस्तान्तरण गरेको रुम टुु रिड पाल्पाका कार्यक्रम अधिकृत राधाकृष्ण हुमागाँईले बताउनुुभयो ।
सबै विद्यालयका प्रधानाध्यापक, साक्षरता समिति, पुस्तकालयाध्यक्ष, सहायक पुस्तकालयाध्यक्ष सहित दर्जनभन्दा बढी शिक्षकलाई पुस्तकालय नियमित सञ्चालन तथा पुुस्तकालयमा गरिने क्रियाकलापको तालीम दिएकाले विद्यालयले पुस्तकालय चलाउन सक्षम भएको रुम टुु रिडका सहायक कार्यक्रम अधिकृत एलबी खड्काले बताउनुुभयो ।
सो कार्यक्रमअन्तर्गत विद्यालयमा पुुस्तकालय स्थापना, झण्डै तीन हजार देखि तीन हजार ५०० सम्म पुुस्तक, पुुस्तक ग्रोबाइ राख्ने प्रक्रिया, र्याक, कार्पेट, कुसनदेखि पुुस्तकालयका दर्जनौँ चार्ट, रजिष्टर एवं कक्षा १ देखि ५ कक्षासम्मलाई नियमित दैनिक क्रियाकलापको लागि उपयुुक्त घण्टी व्यवस्थापन र शिक्षकलाई तालीम दिएर दक्ष बनाइएको छ ।
नवदुुर्गा मावि रामपुरका प्रधानाध्यापक कृष्णप्रसाद पाण्डेले विद्यालयमा पुुस्तकालयलाई अझ आकर्षक बढाउन थप काम गरेको बताउनुुभयो । अहिले विद्यालयको पुस्तकालयमा चार हजार ५० थान पुस्तक छन् ।
बेस नेपालका कार्यक्रम संयोजक टेकबहादुर ढेंगाले तत्कालका लागि निरन्तर चलाउन मिल्ने सामग्री भएको बताउनुभयो । पाल्पा जिल्लाका ७५ सामुदायिक विद्यालयमा यो कार्यक्रम सञ्चालनमा रहेको छ ।
प्रकाशित मिति: ११ पुस २०७४, मंगलबार