कांग्रेसबाट निर्वाचित वडाध्यक्षले भारतमा यसरी चलाउँछन् ४ वटा यौन धन्दा
काठमाडौं, पुस १०
महिला बेचबिखनको आरोमा प्रहरी हिरासतमा रहेका नुवाकोट दुप्चेश्वर गाउँपालिका १ का वडाध्यक्ष सुनबहादुर तामाङले भारतका विभिन्न ४ स्थानमा कोठी (यौनगृह) सञ्चालन गरेको तथ्य खुलेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तामाङलाई बुधबार घ्याङफेदीस्थित वडाध्यक्षकै कार्यालयबाट पक्राउ गरेको थियो।
प्रहरीले पक्राउ गरेलगत्तै नुवाकोट दुप्चेश्वर गाउँपालिका १ का तीन जना पीडित महिलाले उनीविरुद्ध सिआईबीमा जोहरी दिएका छन् ।
सिआईबीका प्रमुख डिआईजी पुस्कर कार्कीले सुनबहादुर मानव बेचबिखनको मुद्दामा पक्राउ परेको बताए । उनी दुप्चेश्वर वडा नम्बर १ का वडाध्यक्ष भएको उनले बताए ।
प्रहरीका अनुसार तामाङले भारतको नयाँ दिल्लीस्थित जेबी रोडको गल्ली नम्बर ६४, पुनास्थित सोनागार्छे १५, कोलकत्ता र मुम्बई गरी चार ठाउँमा कोठी सञ्चालन गरिरहेका छन् ।
उनको दिल्लीमा ३५, सोना गार्छेमा २७ कोलकत्तामा १५ र मुम्बईमा ८ जना युवतीहरू छन् । पीडितको बयानका आधारमा सबै कोठी उनकी श्रीमती राधा तामाङले चलाइरहेकी छन् । नयाँ पत्रिका
प्रकाशित मिति: १० पुस २०७४, सोमबार