रेशम चौधरी सांसद बन्न नपाउने


 


काठमाडौं, पुस ९
प्रतिनिधिसभामा कैलाली १ बाट निर्वाचित राष्ट्रिय जनता पार्टीका रेशम चौधरीको सांसद बन्ने बाटो रोकिएको छ ।

आफू प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र वारेसमार्फत पाउनु पर्ने माग गर्दै चौधरी सर्वोच्च गएका थिए ।

सर्वोच्च प्रशासनले उनको रिट दरपीठ गरेपछि परेको निवेदनमा न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले रजिष्टारको आदेश कानुनसम्वत भएको फैसला सुनाएको छ ।

साथै आदेशमा टीकापुर घटनाका मुख्य अभियुक्त चौधरीले अदालतबाट जारी भएको वारेन्ट तथा म्यादी पूर्जी अवज्ञा गरेको देखिएको फैसलामा उल्लेख छ ।

सर्वोच्चले भनेको छ, अदालती प्रक्रियालाई छलेर कसैले पनि संविधान एवं प्रचलित कानुनले प्रदान गरेको सुविधा उपभोग गर्न पाउनुपर्छ भन्नु कदाचित मिल्दैन ।’

अघि भनिएको छ, ‘अभियोग लागेका व्यक्तिले कानुन बमोजिम सफाइ लिनुपर्ने हुन्छ । जसका लागि अदालत प्रक्रिया अपनाउनु पर्ने हुन्छ, जुन निवेदकले गरेको पाइएन ।’

अभियोग लागेका व्यक्तिले जानीजानी अदालती प्रक्रियालाई अवज्ञान गरी राज्यद्धारा प्रदान गरिने सुुविधा वा हक उपभोग गर्न गैर बाटोको प्रयोग गर्ने हो भने देशमा दण्डहिताको स्थिति सृजना हुनसक्ने सर्वोच्चले बताएको छ ।

चौधरीले ३४ हजार ३४१ मत ल्याएर विजयी भएका थिए भने उनका प्रतिस्पर्धी एमालेकी मदन कुमारी शाहले १३ हजार ४०६ मत ल्याएकी थिइन ।

प्रकाशित मिति: ९ पुस २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्