खुकुरी च्यालेन्ज कप क्रिकेट माघमा हुने


 


काठमाडौँ, पुस ९
खुकुरी च्यालेन्ज कप टि–ट्वन्टी क्रिकेट प्रतियोगिता आगामी माघमा हुने भएको छ ।

खुकुरी इएनटीले आयोजना गर्ने उक्त प्रतियोगिता माघ १० देखि फागुन १० गतेसम्म सञ्चालन हुनेछ ।

२० क्लबले प्रतिष्पर्धा गर्ने उक्त प्रतियोगिताका खेल मूलपानी क्रिकेट मैदान र कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने आयोजकले जनाएको छ ।

सहभागी टोलीलाई चार समूहमा विभाजन गरिनेछ । प्रतियोगितामा ४० लिग खेल तथा चार क्वाटरफाइनल, दुई सेमिफाइनल र फाइनल हुनेछ ।

प्रतियोगिताको विजेताले रु तीन लाख तथा उपविजेताले रु एक लाख प्राप्त गर्नेछन् । त्यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडीले रु २० हजार तथा उत्कृष्ट बलर तथा ब्याट्सम्यानले रु १० हजार पाउनेछन् ।

प्रकाशित मिति: ९ पुस २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्