भोजपुरकी बन्दना भइन बान्तावा राष्ट्रिय कविता प्रतियोगितामा प्रथम


 


काठमाडौं, पुस ८
भोजपुर हतुवागढी गापाका बन्दना राई तेह्रौं बान्तावा राष्ट्रिय कविता प्रतियोगिताुमा प्रथम भएकी छिन् । त्यस्तै पाँचथर मिक्लाजुङ गापाका इन्द्र मुकारुङ डाक्बुङु दोस्रो भए ।

भोजपुर आम्चोक गापाका विजय ग्वाले तेस्रो भएका छन् । प्रथम, दोस्रो र तेस्रो कविहरूले १० हजार, ६ हजार र ४ हजार रकम बुङ्वाखा(श्यामराज दुब्देङ्हाङ स्मृति पुरस्कारु अक्षयकोषबाट पुरस्कार प्राप्‍त गरेका हुन् ।

बुङ्वाखाको तेह्रौं वार्षिकोत्सवको अवसरमा किरात राई यायोक्खा नगर कार्यसमिति उर्लाबारी, मोरङको सह आयोजना र नेपाल प्रज्ञा प्रतिष्ठान, मातृभाषा साहित्य विभागको सहयकार्यमा उर्लाबारीमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ श्रवण मुकारङ प्रमुख अतिथि, अखिल किरात राई सङ्घ, सिक्किमका प्रतिनिधि बिदि रोक्दुङ र साहित्यकार बन्दना खालिङ विशेष अतिथिहरू हुनुहुन्थ्यो ।

प्रकाशित मिति: ८ पुस २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्