ट्रक दुर्घटनामा चालकको मृत्यु , सहचालक गम्भीर घाइते


 


धनगढी, पुस ८
पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको मुडाबजार सडकखण्डमा आज बिहान ना ६ ख १९९० नंम्वरको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

दुर्घटनामा सहचालक गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय सडकपुर बौनिया (कैलाली)का प्रहरी निरीक्षक कलेन्द्रविक्रम शाहीले सडकबाट चिप्लिएर छेउको नालीमा ठोक्किएर भएको ट्रक दुर्घटनामा परी चालक दाङ जिल्ला लमही नगरपालिकाका हरिप्रसाद चौधरीको घटनास्थलमै मृत्यु भएको जानकारी दिनुभयो ।

सहचालक लमही नगरपालिकाकै अनिल चौधरी गम्भीररुपमा घाइते भएका छन् । घाइतेलाई तत्काल बर्दगोरिया अस्पताल बौनियामा उपचारका लागि लगिएको र थप उपचारका लागि नेपालगञ्ज सिफारिश गरिएको छ ।

दाङबाट सिमेन्ट लिएर धनगढीतर्फ आउँदै गरेको सो ट्रक आज बिहान बाक्लो हुस्सुका कारण अचानक सडकबाट चिप्लिएर दुर्घटना हुन पुगेको प्रहरी निरीक्षक शाहीले बताउनुभयो ।

प्रकाशित मिति: ८ पुस २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्