भोजपुरमा पुनः तारा एयरले उडान गर्ने, कति छ भाडादर ?


 


काठमाडौ, पुस ८
नीजि क्षेत्रको विमान कम्पनी तारा एयरले भोजपुर–काठमाडौं पुनः उडान गर्ने भएको छ । तारा एयरको जहाजले भोजपुर–काठमाडौ पुष १९ गते बुधबारदेखि हप्ता एक पटक उडान गर्ने भएको हो ।

यात्रुहरुको चाप, भोजपुरको विकास र पर्यटनलाई मध्यनजर गर्दै ताराले भोजपुर विमानस्थल कालोपत्रे भएपछि पहिलो पटक उडान गर्न लागेको हो ।

२०६७ सालदेखि भोजपुरमा तारा एयरले उडान सुरु गरेको थियो । विमानस्थल कालोपत्रेको काम हुन थालेपछि तारा एयरको उडान बन्द थियो ।

‘अहिले तत्कालका लागि हप्ताको एउटा उडान हुन्छ, लालुपाते ट्राभल्सका रोशन श्रेष्ठ भन्छन् ‘यात्रुको चाप बढे थप उडान हुन्छ ।’

तारा एयरको भोजपुर–काठमाडौं टिकटदर ४ हजार ८ सय ६५ रुपैेया कायम गरिएको छ ।

यहाँ नेपाल वायुसेवा निगमको जहाजले मात्र उडान गर्दे आएको छ भने तारा एयरको पुनः उडान सुरु भएपछि यात्रुहरुलाई सहज हुने बताइएको छ ।

प्रकाशित मिति: ८ पुस २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्