प्रदेशसभामा समानुपातिक सिट बाँडफाँड, कुन प्रदेशमा कुन दलले कति सिट पाए ?


 


काठमाडौं, पुस ७
निर्वाचन आयोगले प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको सिट संख्या सार्वजनिक गरेको छ । समानुपातिकतर्फ प्रदेश सभामा कुल २२० सिट छ ।

जसअनुसार प्रदेश १ मा ३७, २ मा ४३, ३ मा ४४, ४ मा २४, ५ मा ३५, ६ मा १६ र ७ मा २१ गरी २२० सिट तय गरेको हो ।

निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजा अनुसार एमाले पाँच वटा प्रदेशमा समानुपातिकतर्फ पनि धेरै सिट पाउन सफल भएको छ भने ७ नम्बर प्रदेशमा एमाले र कांग्रेसले बराबरी सिट पाएका छन् ।

कांग्रेसले २ नम्बर प्रदेशमा धेरै सिट पाएको छ । प्रदेशसभातर्फ १३ वटा दलले समानुपातिक सिट पाएका छन् ।

हेर्नुहोस कुन प्रदेशमा कुन दलललाई कति सिट ?

प्रदेश १

एमाले १५
कांग्रेस १३
माओवादी ५
संघीय समाजवादी फोरम २
राप्रपा १
संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च १

प्रदेश २

कांग्रेस ११
एमाले ७
माओवादी ५
राजपा १०
संघीय समाजवादी फोरम ९
नेपाल संघीय समाजवादी पार्टी १

प्रदेश ३

एमाले १६
कांग्रेस १४
माओवादी ८
विवेकशिल साझा पार्टी ३
राप्रपा १
नेमकिपा १
राप्रपा (प्रजातान्त्रिक) १

प्रदेश ४

एमाले १०
कांग्रेस ९
माओवादी ३
नयाँ शक्ति नेपाल १
राष्ट्रिय जनमोर्चा १

प्रदेश ५

एमाले १३
कांग्रेस १२
माओवादी ६
संघीय समाजवादी फोरम २
राजपा १
राष्ट्रिय जनमोर्चा १

प्रदेश ६

एमाले ६
कांग्रेस ५
माओवादी ४
राप्रपा १

प्रदेश ७

एमाले ८
कांग्रेस ८
माओवादी ४
राजपा १

प्रकाशित मिति: ७ पुस २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्