सिरहा मालपोत कार्यालयमा बम विस्फोट, तीनजना घाइते


 


लहान, ७ पुस
सदरमुकाम सिरहास्थित जिल्ला मालपोत कार्यालयमा आज दिउँसो बम विस्फोट हुँदा तीनजना घाइते भएका छन् ।

घाइते हुनेमा मालपोत कार्यालय अगाडि लेखापढी व्यवसाय गर्दै आउनुभएका सिरहा नगरपालिका–१ का ४५ वर्षीय पवन पासवान, सेवाग्राही सिरहा नगरपालिका–१२ सारस्वरका राजकुमार पासवान र सोही ठाउँका रोशन पासवान रहेको सिरहाका प्रहरी नायब उपरीक्षक राजकुमार भेटवालले जानकारी दिनुभयो ।

बमको छर्रा लागेर गम्भीर घाइते भएका तीनैजनाको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक भेटवालले बताउनुभयो ।

मालपोत कार्यालयका प्रमुखको कार्यकक्ष अगाडि रहेको सोफामुनि राखिएको प्रेसरकुकर बम आज दिउँसो अचानक विस्फोट हुँदा कार्यालयको पर्खालमा क्षति पुगेको छ भने झ्यालका सिसासमेत फुटेका छन् ।

बम कसले र किन विस्फोट गराएको हो भन्नेबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भेटवालले जानकारी दिनुभयो ।

प्रकाशित मिति: ७ पुस २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्