किन गर्छन मान्छे आत्महत्या ? यस्तो छ डरलाग्दो तथ्यांक


 


काठमाडौ, पुस ७
जानी जानी आफनो जिन्दगी अन्त्य गर्ने कार्यलाई आत्महत्या भनिन्छ । आफना समस्याप्रति पूर्ण रुपले असहाय र निरास भए । जिउनुभन्दा मर्नु सबैभन्दा उचित समाधान ठानी आत्महत्या गर्ने गरिन्छ ।

आत्महत्या अत्यन्त जटिल मनोवैज्ञानिक, जैविक एंव सामाजिक दुर्घटना हो । धार्मिक तथा सामाजिक दृष्टिले यसलाई पाप एंव अपराध आदि मानिँदै आएपनि आधुनिक विज्ञानमा आत्महत्यालाई गम्भिर मानसिक स्वास्थ्य समस्याको उपज र आत्महत्याको सोच तथा कोसिसलाई तत्कालै उपचार गर्नुपर्ने अत्यन्त संवेदनशील चिकित्सकीय विपद्का रुपमा हेरिन्छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार वर्षेनि करिब १० लाख मानिस आत्महत्या गर्छन् । सन् २०२० सम्ममा यो संख्या करिब २० लाख पुग्ने अनुमान गरिएको छ । विश्वमा हरेक तीन सेकेण्डमा एक आत्महत्याको प्रयास र ४० सेकेण्डमा एकको मृत्यु हुने गरेको पाइन्छ ।

यो सख्या समस्त प्राकृतिक तथा मानवनिर्मित प्रकोप, युद्द, आतकंकारी हमला, हत्या र हिंसाबाट हुने वार्षिक मृत्युदरभन्दा पनि बढी हो । प्राय महिला पुरुषभन्दा बढी आत्महत्याकोे प्रयास गर्छन् । तर तथ्यांकअनुसार खतरनाक तरिका अपनाउने हुनाले पुरुषहरु नै बढी मर्ने गरेको पाइन्छ ।

विगत दशकमा विश्वका प्रायः देशमा बालबालिका तथा किशोरकिशोरीले आत्महत्या गर्ने क्रम बढ्दो छ । नेपालमा थोरै अनुसन्धान, कमजोर रेकर्डिङ सिस्टम, आत्महत्या लुकाउने प्रविृत्ति आदिले गर्दा आधिकारिक तथ्यांकको कमी छ ।

नेपाल प्रहरीको तथ्यांकअनुसार प्रतिवर्ष ३.७ देखि १०.३ ले प्रति एक लाखमा आत्महत्या गर्ने गरेका छन् । आत्महत्याको दर गृहिणी, विद्यार्थी, मजदुर र बेरोजगारमा बढी भएको पाइन्छ ।

आत्महत्याका कारण

कुनैपनि मानव व्यवहारलाई एक मात्र स्पष्ट कारणबाट व्याख्या गर्न गाहे हुन्छ । आत्महत्यालाई पनि हालसम्मका विभिन्न वैज्ञानिक सिद्दान्तअनुरुप व्याख्या गरिएका छन तर कुनै पनि सिद्दान्त पूर्ण भने छैनन् । आत्महत्याका थुप्रै तत्वहरु (जैविक, वशांनुगत, सामाजिक तथा मनोवैज्ञानिक पक्ष) को भूमिका हुने गरेको पाइएको छ ।

आत्महत्या प्रयास गर्नेमध्ये झण्डै ९५ प्रतिशत मानसिक रोगले ग्रस्त हुने गरेको विश्पव्यापी तथ्यांक छ । मानसिक रोगी भन्नाले पूरै विक्षिप्त, जथाभावी गरेर हिँड्ने मात्र नभई शारीरिक रुपमा पूरै स्वस्थ तर आफू र वरिपरिको वातावरणसँग मेलमिलाप नभई भित्रभित्रै पीडित हुनेहरु पनि हुन् ।

तीमध्ये अस्वाभाविक रुपमा उदास भइराख्ने र उदासीनता (डिप्रेसन) आत्महत्याको प्रमुख (करिब ८० प्रतिशत) कारण मानिन्छ । यसैगरि, सिजोफ्रेनिया, वृद्दावस्थामा मस्तिष्क खिइने रोग डिमेन्सिया, रक्सी तथा अन्य लागुपदार्थ दुव्र्यसन, व्यक्तित्वको गडबडी आदि पनि आत्महत्याका कारण हुन् ।

प्रकाशित मिति: ७ पुस २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्