सुनको मूल्य घट्यो, कतिमा झर्यो ?


 


काठमाडौँ, पुस ७
सुनको मूल्य आज फेरी तोलामा एक सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला ५४ हजार ६ सय रुपैयाँमा झरेको छ । हिजो सुन प्रतितोला ५४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्यमा पनि पाँच रुपैयाँले गिरावट आएको छ । आज चाँदी प्रतितोला ७ सय २० रुपैयाँमै कारोवार भईरहेको छ । हिजो चाँदी प्रतितोला ७ सय २५ रपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको ।

प्रकाशित मिति: ७ पुस २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्