नयाँ सरकार नबन्दै चलखेल सुरु ! नजिकिंदै देउवा र प्रचण्ड


 


काठमाडौँ, पुस ६
वामदेव गौतमको सहयोगबाट हलक्क माथि उठेको केपी ओलीको राजनीतिक उचाइ प्रतिनिधिसभाको चुनावमा वामदेवको पराजयसागै तल झर्ने सम्भावना देखिन थालेको छ ।

वामदेवकै सहयोगबाट केपी ओली नेकपा (एमाले)का अध्यक्ष बनेका हुन् भने वामदेवकै सहयोग पाएर एमाले संसदीय नेता पनि भएका थिए ।

त्यही संसदीय दलको नेताको हैसियतबाट केपी ओली प्रधानमन्त्री बन्ने समेत अवसर प्राप्त गरेका थिए । वामदेवको सहयोग लिने क्रममा वामदेवलाई दिइएका आश्वासनहरू ओलीले केही पनि पूरा गरेनन् । अरु त अरु आफू प्रधानमन्त्री भएका बेला पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वामदेवलाई दिने भनी गरिएको बाचासमेत ओलीले पूरा गरेनन् ।
ओलीका तमाम धोकापूर्ण गतिविधिबीच वाम गठबन्धनको वातावरण बनाएर नेकपा (एमाले)लाई माथि पुर्‍याउने काममा वामदेव सक्रिय भएरै लागेका थिए । तर यिनै वामदेवलाई बर्दियाको चुनावमा पराजित गराइयो । उनलाई पराजित गराउनेमा जो–जसको हात रहे पनि पार्टीभित्रकै अन्तरघातीहरूको खेल रहेको स्पष्ट भइसकेको छ ।

एमाले पार्टीनिकट एक साप्ताहिकमा वामदेवको चुनावी प्रचार अभियानमा खटिएका केन्द्रीय नेताहरूकै कारणबाट वामदेवले पराजय भोग्नुपरेको विश्लेषण गरिएको छ । वामदेव पराजित भइसकेपछि पनि वाम गठबन्धनको सरकार बन्ने स्पष्ट बहुमत प्राप्त छ ।

तर वाम गठबन्धनको सरकार बनाउनेतर्फ भन्दा पदीय भागबण्डामा एमाले पार्टीको नेतृत्व पंक्तिले माओवादी केन्द्रलाई निराश बनाउने काम गरिरहेकाले वाम गठबन्धनको विजयोत्सव छोटो समयमै चिन्ताजनक अवस्थामा पुग्ने छााटकााट देखिन थालेको छ ।

एमालेले पार्टीको अध्यक्ष नछोड्ने, संसदीय दलको नेता पनि नछोड्ने र प्रधानमन्त्री पद पनि नछोड्ने अडान देखाए पछि माओवादी केन्द्र र एमालेबीचको एकता नहुने स्थिति विकसित भइरहेको छ । तीनवटै पद नेकपा एमालेलाई दिएर पार्टी एकता हुन नसक्ने निष्कर्ष माओवादी केन्द्रले निकालेको छ ।

गत सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडााडामा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो । माओवादी बैठकले सरकार गठनभन्दा पनि पार्टी एकतालाई बढी जोड दिएको छ ।

सोमबार बसेको बैठकमा चुनावी तालमेलका बेला भएको सहमतिअनुसार नै पार्टी एकताको सुनिश्चिततापछि सरकार गठनको प्रक्रियालाई अघि बढाउन जोड दिएको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी गराएकी छिन् ।

एमाले पार्टीले पार्टी अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्रीमा केपी ओलीलाई नै राख्ने अडान लिएपछि माओवादी केन्द्रको बैठकले पार्टी एकतापछि अध्यक्ष, प्रधानमन्त्री र संसदीय दलको नेता एमालेलाई नै र एकै व्यक्तिलाई दिन नसकिने निष्कर्ष निकालेको छ ।

एमालेका साथीहरूले तीनवटै पद केपी शर्मा ओलीजीलाई दिनुपर्छ भनिरहनुभएकाले पार्टी एकीकरणको सम्भावना तत्कालका लागि टरेको मात्र नभई वाम गठबन्धनको सरकार निर्माणको वातावरणसमेत बिग्रिंदै गएको माओवादी केन्द्रका एक नेताले जनधारणालाई जनाएका छन् ।

यसैबीच नेपाली कांग्रेसले एमाले र माओवादी केन्द्रबीच विकसित भएको पछिल्लो मनमुटावमा खेल्ने मौका पाएको छ । कांग्रेस नेतृत्वले एमालेबाहेक पनि सरकार बन्न सक्ने संकेत गरेको छ । यो सम्भावनालाई माओवादी केन्द्रका नेता मणि थापाले पनि औंल्याएका छन् ।

थापाले कांग्रेस, मधेसवादी दलहरूबाट माओवादी केन्द्रलाई प्रधानमन्त्रीको प्रस्ताव आएको खुलासा गरेका छन् । कांग्रेसलगायत साना दलहरूबाट हामीलाई प्रधानमन्त्रीको अफर आएको छ, उनीहरूले एमालेलाई छोडेर आएमा प्रचण्डलाई लेखेरै पााचवर्षसम्म प्रधानमन्त्री बनाउने सहमतिका लागि प्रस्ताव गरेको थापाले जनाएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने वाम गठबन्धनलाई नेपाली मतदाताले सरकार गठनका लागि जनादेश दिएकाले जनादेशको उल्लंघन आफूहरूबाट हुन नसक्ने स्पष्टीकरण दिएका छन् ।

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनलाई देशभरबाट सरकार गठनको जनादेश प्राप्त भएको भए पनि एमाले नेतृत्व मण्डलीले जनादेशको अवमूल्यन गर्ने लक्षण देखाएका छन् ।

निर्वाचनको जनादेश बमोजिम एमाले र माओवादी केन्द्रले सरकार निर्माण गर्ने मात्र नभई पार्टी एकीकरण गर्ने समेत विश्वास गरेका कार्यकर्ताहरू निराश बन्नुपर्ने अवस्था देखिएको छ । पार्टी एकता हुन सकेन र वाम सरकार गठन पनि हुन सकेन भने नेकपा ९एमाले० सत्ता राजनीतिबाट बाहिरिनुपर्ने अवस्था आउनुका साथै ०५४ सालमा एमाले पार्टी विभाजित हुादाको अवस्था सृजना नहोला भन्न सकिंदैन ।

प्रतिनिधिसभातर्फ ८० सिट जितेको एमालेले समानुपातिकमा पनि राम्रै सिट प्राप्त गरेको छ । तैपनि एमालेको एकमना सरकार बन्ने स्थिति नभएकाले माओवादी केन्द्रसागको सहयात्रा बिना एमालेको सत्तारोहण सम्भव छैन । एक्लै सरकार चलाउन १३८ सिट आवश्यक पर्छ ।

त्यसैले माओवादीलाई साथ नलिनुको एमालेसाग अर्को विकल्प छैन । तर, एमालेले सरकार र पार्टीमा माओवादीका नेतालाई कुन हैसियतका साथ स्वीकार्छ भन्ने अहिलेको मूल प्रश्न देखिएको छ । एमालेले हठ गरिरहेको खण्डमा एमालेबिना पनि सरकार बन्न सक्ने सम्भावना चुनावी परिणामले देखाएको छ ।

प्रकाशित मिति: ६ पुस २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्