बृटिश उपप्रधानमन्त्री अनुसन्धानमा दोषी देखिएपछि राजिनामा
लन्डन, पुस ६
बेलायतका उपप्रधानमन्त्री डेमियन ग्रिनले आफ्नो पदबाट राजिनामा दिनुभएको छ । उहाँले एकजना सरकारी अधिकारीले गर्न नहुने आचारसंहिताको उल्लङ्घन भएको भनी गरिएको छानबीनमा दोषी पाइएपछि राजिनामा दिनुभएको हो ।
ब्रिटेनका प्रधानमन्त्री टरिजा मेका निकटस्थ मानिनुहुने उपप्रधानमन्त्री डेमियनले दिनुभएको राजिनामापछि यहाँको राजिनामा फेरि अर्को एउटा दुर्घटना निम्तिएको विश्लेषण पनि गर्न थालिएको छ ।
उहाँलाई आचारसंहिता उल्लङ्घन गरेको भन्दै केही वर्षयतादेखि अनुसन्धान गरिएको थियो । उहाँलाई सो अनुसन्धानले दोषी ठहरगर्दै बर्खास्त गर्नुपर्ने सुझाव दिएको थियो ।
सोही कारणले उहाँले राजिनामा दिनुभएको समाचारमा उल्लेख गरिएको छ । उहाँको राजिनामा प्रधानमन्त्री मेले बिहीबार स्वीकृत गर्नुभएको बताइएको छ ।
उहाँले आफ्नो राजनीतिक दलका एकजना सहकर्मी महिलालाई दुव्र्यवहार गरेको र अश्लिल दृश्यहरु कम्प्युटरमा पठाएको आरोप लागेको थियो । सन् २००८ मा भएको भनिएको यस घटनामा उहाँमाथि अनुसन्धकान भएको थियो ।
उहाँको कार्यालयको कम्प्युटरमा पाइएका यस्ता अश्लिल सामग्रीबाट नै यो प्रमाणित भएको बताइएको छ । तर उहाँले भने ती सामाग्रीबारेमा झुट्टो जानकारी दिएको एक अनुसन्धानको निष्कर्षमा देखिएको छ ।
ती सामाग्रहरुका अतिरिक्त उहाँले आफ्नै कन्जरभेटिभ दलकी एक जना महिलालाई पनि दुव्र्यवहार गरेको दाबी गरिएको थियो । त्यसबारेमा पनि उहाँमाथि अनुसन्धान भइरहेको थियो ।
उपप्रधानमन्त्री डेमियन प्रधानमन्त्री टरिजा मेका एक निकटस्थ राजनीतिज्ञ हुनुहुन्छ ।
यतिखेर प्रधानमन्त्री मेले ब्रिटेन युरोपेली संघबाट बाहिरिने सहमति जुटाउनेलगायतका कैयौं चुनौतीका बारेमा विभिन्न कठिन वार्ताहरु गरिरहनुभएको छ । यसैबीचमा उहाँको राजिनामाले प्रधानमन्त्री मेलाई पनि समस्या पर्नसक्ने अनुमान गरिएको छ ।
तर यस विषयमा उहाँको भनाई भने केही आएको छैन । उता उपप्रधानमन्त्री डेमियनले पनि आफूले त्यस्तो कुनै गल्ती नगरेको बताउनुभएको छ ।
त्यस विषयमा आफू दोषी नरहेको उहाँको दाबी छ । तर उहाँको यो राजिनामाले बेलायत सरकारको वर्तमान स्थिरतामा भने कुनै चुनौती नदेखिएको अधिकारीहरुको भनाई छ ।
प्रकाशित मिति: ६ पुस २०७४, बिहिबार