सुनचाँदीको मुल्य वढ्यो कति छ आज ?


 


काठमाडौं, पुस ६
नेपाली बजारमा आज (विहिवार) सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको छ । आज सुन प्रतितोला ५४ हजार सात यस रुपैयाँ पुगेको छ । हिजो (वुधवार) सुन प्रतितोला ५४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँका दरले बढेको छ । हिजो प्रतितोला ७ सय २० रुपैयाँमा कारोवार भईरहेको चाँदी आज प्रतितोला ७ सय पच्चिस रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ६ पुस २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्