पोखरालाई ३ विकेटले हराउँदै विराटनगर शीर्षस्थानमा


 


काठमाडौँ, पुस ५
इपिएल क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा पोखरालाई ३ विकेटले हराउँदै प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ। टस हारेर पहिले ब्याटिङ गर्दै पोखराले दिएको १२४ रनको लक्ष्य विराटनगरले ३ बल बाँकी छँदै ७ विकेट गुमाएर पुरा गरेको हो।

विराटनगरका लागि हङकङका खेलाडी अंशुमान रथले सर्वाधिक ६० रनको योगदान दिए। ६१ बल खेलेका उनले २ छक्का र ६ चौका प्रहार गरे। त्यस्तै बाबर थ्यातले २२ रन बनाए। त्यसपछि पारस खड्काले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो रनको स्कोर बनाउन सकेनन्।

पोखराका लागि सुसन भारी र इस्रुल्लाहले २-२ विकेट लिए।

यसअघि पोखराका लागि राजेश पुलामीले ३०,सुनिल धमला १८ र इस्रुल्लाहले २१ रन बनाएपछि निर्धारित २० ओभरको खेलमा १२३ रन बनाएको थियो।

विराटनगरका पारस खड्काले ३ विकेट लिएका थिए। यसअघि पहिलो खेलमा विराटनगरले ललितपुरलाई हराएको थियो। यो सँगै प्रतियोगितामा ४ अंकसहित विराटनगर शीर्ष स्थानमा छ।

प्रकाशित मिति: ५ पुस २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्