पश्चिमी वायुको प्रभावले देशभर बद्ली


 


काठमाडौँ, पुस ५
पश्चिमी वायुको प्रभावले आज देशभर मौसममा बद्ली भएको छ ।
उक्त वायुको प्रभावले खासगरी पश्चिमी भेगमा बढी असर परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही दिनदेखि विकसित यो प्रणाली आज बढी सक्रिय भएका कारण सुदूरपश्चिमदेखि काठमाडौँ उपत्यका पूर्वसम्मको क्षेत्रमा बद्ली रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार दिउँसो सुदूरपश्चिम भेगमा छिटफुट वर्षा हुने संभावना छ भने तराई क्षेत्रमा पनि कुइरो लाग्ने अनुमान गरिएको छ ।

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बढेको भएपनि बद्लीका कारण घाम राम्ररी नलाग्दा केही चिसो महशुस गरिएको छ ।

बद्लीको अवस्था आज रातिसम्म जारी रहने र बिहिबारदेखि क्रमिक सुधार हुने मौसमविद श्रेष्ठको भनाइ छ ।

आज काठमाडौँ उपत्यकाको न्यूनतम ५.६ र अधिकतम तापक्रम १९.५ डिग्रिसेल्सियस रहेको छ । सबैभन्दा कम जुम्लाको १.४ र विराटनगरको अधिकतम तापक्रम २५ डिग्रिसेल्सियस रहेको छ ।

प्रकाशित मिति: ५ पुस २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्