आजको सुनचाँदी मुल्य कति छ ?


 


काठमाडौं, पुस ५
आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आज पनि सुन हिजोकै मूल्यमा कारोबार भइरहेको छ ।
सुन आज प्रतितोला ५४ हजार ६ सय रुपैयाँका दरले कारोबार भइरहेको छ । हिजो पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।

चाँदी आज पनि हिजोकै दरमा कारोवार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार आज चाँदी सात सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ५ पुस २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्