नेपाली सेनाको अधिकृतमा जागिर खुल्यो, खाने होइन ?


 


काठमाडौं, पुस ४
नेपाली सेनाले अधिकृत क्याडेट पदमा विज्ञापन खुलाएको छ । नेपाली सेनाको भर्ना छनोट निर्देशानालय, कार्यरथी विभागले मंगलबार विज्ञापन प्रकाशित गर्दै अधिकृत क्याडेट पदमा १५० जनाको लागि दरखास्त मागेको हो ।

जसअनुसार महिना १३, आदीबासी तथा जनजाती २२, मधेसी १९, दलित १०, पिछडिएको ३ र खुल्लातर्फ ८३ जना माग गरिएको छ ।

इच्छुक उम्मेदवार माघ ३ गतेभित्र र दोब्बर दस्तुर तिरेर थप एक साताभित्र तोकिएको स्थानमा सम्पर्क राख्ने सक्नेछन् ।

हेर्नुहोस विज्ञापन

प्रकाशित मिति: ४ पुस २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्