विराटनगर वारियर्सद्वारा ललितपुर क्याट्रियोट्सलाई १५१ रनको लक्ष्य


 


काठमाडौँ, पुस ४
एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा विराटनगर वारियर्सले ललितपुर क्याट्रियोट्सलाई १५१ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १५० रन बनाएको हो।

उसका लागि अनिल साहले सर्वाधिक ४७ रनको योगदान दिए। बिस्फोटक ब्याटिङ गरेका साहले ३५ बल खेल्दै ३ छक्का र २ चौका प्रहार गरे। यस्तै कप्तान पारस खड्काले ३८ रन बनाए।

यसअघि ओपनर आशिफ शेखले ४ रन बनाएका थिए। त्यसपछि अन्सुमान राथ १४ रनमा आउट भएपछि विराटनगरले ४४ रनमा दोस्रो विकेट गुमाएको थियो। त्यसपछि आएका हङकङका खेलाडी बाबर हायात पनि ३४ रनमा आउट भएका थिए।

विराटनगरले अन्तिम ओभरमा आफ्ना ३ विकेट गुमाएको थियो।

ललितपुरका लागि सन्दिप लामिछानेले २ विकेट लिएका थिए। सुबोध धाती र योगेश नागरले समान १(१ विकेट लिए।

यसअघिको पहिलो खेलमा ललितपुरले काठमाडौंलाई हराउँदै प्रतियोगितामा विजयी सुरूवात गरेको हो।

प्रकाशित मिति: ४ पुस २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्