रबि मुसहर बस्ती पुगेपछि स्थानीयले भने-‘भगवान आएजस्तै भो’


 


काठमाडौं, पुस ४

संचार माध्यमबाट राम्रो छबि बनाएका रबि लामिछाने न्यूज २४ बाट बस्ती निर्माणका लागी लागेपछि स्थानीयहरुमा खुसियाली छाएको छ ।

बाढीले क्षती ग्रस्त बनाएको सप्तरीको तिलाठी बस्तिमा नमुना बस्ति निर्माण गर्ने भन्दै सिधा कुरा जनतासंगका टिमले घोषणा गरेको सहयोग कार्यक्रमले अब पूर्णता पाउने भएको छ ।

केहि ढिलो भए पनि अन्तत रबि लामिछानेले गरेको प्रतिबद्दता पुरा हुने भएको छ । उनले सोमबार गरिएको शिलान्यास कार्यक्रमको फोटो सार्बजनिक गर्दै भनेका छन, तपाईंको बिश्वासलाई एक ईन्चपनि हल्लिन दिदैनौ ।

आजबाट शुरु भयो तिलाठिमा मुसहर वस्ती निर्माण। तपाईंले दिनुभएको एक एक पैसाको हिसाब र सदुपयोग हुनेछ। आलोचनाको जवाफ काम न हो ।

न्युज २४ च्यानल प्रालिद्वारा तिलाठी कोइलाडी–४ स्थित १० कठा जग्गामा मुसहर समुदायका लागि करिब ४२ वटा सुबिधा सम्पन्न भवन निर्माण गर्न लागिएको हो ।

दुई कोठा, एक भान्सा र शौचालयसहित एउटा भवन ४ धुर जमिनमा निर्माण गरिने बताइएको छ । करिब रु तीन लाख ५० हजारको लागतमा एउटा भवन निर्माण गर्न लागिएको सो च्यानलद्धारा जानकारी दिइएको छ ।

बाढीबाट प्रभावित÷पिडित मुसहर समुदायका लागि सो भवन निर्माण गरिने बताइएको छ । बाढीबाट जोगिनका लागि भवनको तलबाट पानी बग्ने गरि निर्माण गर्न लागिएको प्राबिधिकले बताएका छन ।

प्रकाशित मिति: ४ पुस २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्