एमालेबाट समानुपातिकतर्फ को-को बन्दैछन् सांसद ? हेर्नुहोस् सूची


 


काठमाडौं, पुस ४
नेकपा एमालेका सवै प्रभावशाली नेतृहरु सांसद बन्ने पक्का भएको छ । निर्वाचनपछि ठूलो दल बनेको एमालेमा ३९ जना महिला सांसद हुने भएका छन् ।

३९ मध्ये दुई महिला प्रत्यक्ष निर्वाचनबाट निर्वाचित भइसकेका छन् भने बाँकी ३७ महिला सामानुपातिक सांसद बन्ने भएका छन् ।

रामकुमारी झाक्री, नविना लामा, शान्ता चौधरीदेखि मुस्लिम महिला कलिला खानसम्म सांसद बन्ने निश्चित भएको छ ।

एमालेको बन्दसुचिमा परेका जनजाति महिलाहरु घेरै सांसद बन्ने भएका छन् । एमालेबाट थममाया थापा, सुजिता शाक्य, बिना श्रेष्ठ, रामकुमारी झाँक्रि, डा.शिवमाया तुम्वाहाम्फे, शान्ता चौधरी र नविना लामा सांसद बन्ने पक्का भएको छ ।

त्यसैगरी खसआर्यबाट राधा ज्ञवाली, बिन्दा पाण्डे, गोमा देवकोटा, कल्याणी खड्का, निरु पाल, माया ज्ञवाली, दिलुकुमारी पन्त, सरिता गिरी, विना थापा, श्रीमति बिष्णु पौडेल सांसद बन्ने पक्का भएको छ ।

मधेसी महिलाबाट जुलिकुमारी महतो, डा. पुष्पा कर्ण सांसद हुनेभएका छन् भने मुस्लिम महिलाबाट कलिला खान सांसद बन्ने पक्का भएको छ ।

एमालेले प्रत्यक्ष र समानुपातिक गरी १२१ सिट हुने भएको छ । जसका ४१ समानुपातिक रहेको छ । ४१ मध्ये ३७ महिला सांसद हुने भएका छन् ।

संविधान प्रदत्त ३३ प्रतिशत महिला पुर्याउन एमालेले करिव ३९ महिला सांसद बनाउनु पर्नेछ । जसमा २ जना पवित्रा खरेल र पद्मा अर्याल महिला प्रत्यक्षमा बिजयी भएका छन् ।

प्रकाशित मिति: ३ पुस २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्