आखिर को हुन् यी युवती, जसले जर्नेललाई फसाउँदै ५ करोड ठगी गरिन् ?


 


काठमाडौं, पुस ४
कृषि विकास बैंककी एक सहायकस्तरकी कर्मचारीले बदमासी गर्दा अहिले नेपाली सेनाका एक उच्च अधिकारी आन्तरिक छानबिनमा तानिन पुगेका छन् ।

कृषि विकास बैंकको सहायक टेलर पदमा काम गर्ने दिपिका रेग्मीले हाकिमहरुलाई समेत झुक्याएर बैंकमा करिब ५ करोड हिनामिना गरेको आरोप छ ।

यी दुईसँगै बैंकका अन्य चार कर्मचारी प्रहरी समेत हिरासतमा पुगेका छन् । सेनाका जर्नेल बाहेकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले पक्राउ गरिसकेको छ भने जर्नेल यतिबेला कोर्ट मार्सलमा परेका छन् ।

तर यी सबैलाई फसाउने भने यिनै युवती हुन् । उक्त घोटालामा नेपाली सेनाका बहालवाला सहायक रथीमाथि सेनाले कोर्टमार्सल सुरु गरेको छ । घोटालाको रकम उपरथी डा. रमेश बिष्टको खातामा भेटिएपछि सिआईबी र सेनाले उनीमाथि पनि छानबिन थालेको हो ।

कृषि बिकास बैंकको न्यूरोड शाखाबाट ४ करोड ९१ लाख रुपैयाँ गायब भएको थियो । ठगी गरेको मध्ये करिब ३२ लाख रकम जर्नेल बिष्टको खातामा भेटिएको अनुसन्धानमा आबद्ध सिआईबीका एक अधिकारीले बताए ।

कसरी फसे जर्नेल विष्ट ?

केही दिनअघि कृषि बिकास बैंकको न्यूरोड शाखाबाट ४ करोड ९१ लाख रुपैयाँ घोटाला भएको थियो ।घोटलाको रकम जर्नेल डा रमेश बिष्टको खातामा भेटिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) र सेनाले उनीमाथि छानबिन थालेको हो ।

सिआईबी स्रोतका अनुसार ठगी गरेको मध्ये करिब ३२ लाख रकम जर्नेल बिष्टको खातामा भेटिएको छ । दिलिपासँगैको सोधुपुछपछि प्रहरीले उनको खातामा रकम रहेको पत्ता लगाएको हो ।

उनको खाता रोक्का भइसकेको छ । सैनिक प्रहरीले गत साता नै उक्त घटनासम्बन्धि कागजपत्र सिआईबीबाट लिएर आन्तरिक छानबिन सुरु गरिसकेको छ । अब छानविनबाट यदि विष्ट दोषी ठहर भए जागिर जानसक्छ र सैनिक नियमानुसार जेल सजाय पनि हुनसक्छ ।

दीपिकासँगको निकट सम्बन्धले घोटाला गरेको रकम आफ्नो खातामा राख्न जर्नेल विष्ट तयार भएका थिए । युवतीको भर परेर ठगी रकम आफ्नो खातामा राखेकै कारण उनी फसे ।

यता ४ करोड ९१ लाख रुपैयाँ घोटाला प्रकरणमा बैंकका दुई कर्मचारीसहित तीन जनालाई सिआईबीले पक्राउ गरि अनुसन्धान गरिरहेको छ । बैंककी सहायक टेलर रेग्मीसहित पियन अर्दली रमेश थापा र सुन पसले प्रकाश घतानीलाई प्रहरीले पक्राउ गरी हिरासतमा राख्दा अनुसन्धानमा थप कर्मचारी पनि तानिए ।

पक्राउ परेकाहरुको बयानका आधारमा सिआईबीले बैंकको न्यूरोड शाखाका कामु मुख्य शाखा प्रबन्धक प्रेमहरी ढुङ्गेल, इलेक्ट्रोनिक्स चेक क्लियरीङ (इसिसी) शाखाका प्रमुख गोपाल गिरी र कर्जा विभागका प्रमुख महेश्वर मरहठ्ठा पनि फन्दामा परेका हुन् ।

सिआईबी स्रोतका अनुसार दिपिकाले बैंक ठगी गरेकोबारे जर्नेल बिष्ट र दिपिकाको आमालाई पहिलदेखि नै थाहा थियो । दिपिकाका बुबा पनि सोही बैंकका पूर्व कर्मचारी हुन् ।

प्रकाशित मिति: ३ पुस २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्