कति छ आज सुनचाँदीको मूल्य ?


 


काठमाडौं, पुस ३
सोमबार पनि नेपाली बजारमा सुनको मूल्य स्थिर छ । आज पनि सुन हिजोकै मूल्यमा कारोबार भइरहेको छ ।

सुन आज प्रतितोला ५४ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।

आज चाँदी पनि प्रतितोला पाँच रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी सात सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ३ पुस २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्