भोजपुर–पान्धारे बस चल्न थाल्यो


 


भोजपुर, पुस ३
भोजपुरदेखि पान्धारेसम्म बस चल्न थालेको छ । यहाँ आइतबारदेखि बस सञ्चालनमा आएको हो । यसअघि कोटसम्म बस चल्दै आएको थियो ।

ट्याम्के मैयुङ गाउँपालिकाको ६,७,८ र ९ नम्बर वडामा पर्ने कोट, गोगने र लेखर्कसम्म बस पुगेको हो ।

भोजपुरदेखि दिउँसो २ बजे बस छुट्ने र पान्धारेबाट बिहान बस भोजपुर आउने स्थानीय शिक्षक अमृत लुँइटेलले जानकारी दिए ।

भोजपुरबाट छुटेको बस, गुम्बा, पिङडाँडाँ, जौनागी, र्भोनागी हुँदै पान्धारे पुग्नेछ । अहिले एउटा मात्र बस सञ्चालन हुन थालेको छ ।

यात्रुको चाप बढे थप बस थप्ने यातायात व्यवसायीहरुले बताएका छन् । भाडादर ३५० रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति: ३ पुस २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्