आयल निगमले सर्वसाधारणका लागि ६ अर्बको सेयर जारी गर्दे


 


काठमाडौं, पुस ३
नेपाल आयल निगमले सर्वसाधारणका लागि ६ अर्ब रूपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ ।

चुक्ता पूँजी वृद्धिको क्रममा रहेको निगमले सर्वसाधारणबाट उक्त रकम जुटाउन लागेको हो । हाल निगमको चुक्ता पूँजी २९ करोड रुपैयाँ छ ।

चुक्ता पूँजी वृद्धि गरेर २० अर्ब रुपैयाँ पुर्‍याइने निगमले जनाएको छ । निगमका अनुसार पूँजी वृद्धिका लागि सेयर जारी गर्ने सम्बन्धमा अर्थ मन्त्रालयमा छलफल भइसकेको छ ।

‘वार्षिक साढे १ खर्ब रूपैयँ कारोबार गर्ने कम्पनीको चुक्ता पूजी करोडमा छ,’ निगमका कार्यबाहक कार्यकारी निर्देशक सुशील भट्टराईले भने,‘यही क्रममा सर्वसाधारणका लागि ६ अर्ब बराबरको सेयर जारी गर्ने क्रममा छौ ।’ कान्तिपुर

प्रकाशित मिति: ३ पुस २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्