आणविक हतियार बेच्ने एक जना उत्तर कोरियाली नागरिक अष्ट्रेलियामा पक्राउ
सिड्नी पुस , २
एएफपी एकजना उत्तर कोरियाली नागरिक आणविक हतियार र यसका पार्टपूर्जाहरु बेच्ने क्रममा अष्ट्रेलियाली नगर सिड्नीमा पक्राउ परेका छन् ।
उनले उत्तर कोरियामा आणविक हतियारको विकासका लागि रकम जुटाउने उद्देश्यले प्रतिबन्धित आणविक शस्त्र र यसका पार्टपूर्जाहरु बेच्ने गरेका थिए ।
उनले सिड्नीमा रहेर निकै लामो समयदेखि यस्तो कारोबार गर्ने गरेको खुलेको पनि सिड्नीको प्रहरीले जानकारी दिएको छ । हाल संयुक्त राष्ट्रसंघको नै प्रस्तावमा उत्तर कोरियामाथि यस्ता सामाग्रीहरु बेच्न र किन्न पनि प्रतिबन्ध लगाइएको छ ।
साथै उसले बारम्बार गर्ने गरेको नाकाबन्दीका कारण ती सामाग्रीहरुमा संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका तथा अन्य विश्वले पनि उसमाथि नाकाबन्दी लगाएको बताइएको छ ।
यस्तो अवस्थामा एकजना उत्तर कोरियाली नागरिक चान हान चोइलाईलाई प्रहरीले पक्राउ गरेको हो । उनी बिगत लामो समयदेखि सिड्नीमा बस्दै आएका तर सो आणविक कम्पनीका लागि एजेन्टको काम गर्दै आएका छन् ।
उनी प्योङयाङ्मा ब्यालेस्टिक क्षेप्यास्त्रको उत्पादन र प्रयोग एवम् परीक्षणको काममा पनि संलग्न भइआएका एकजना विज्ञ समेत रहेको अनुसन्धानका क्रममा खुलेको प्रहरीको दाबी छ ।
उनले ती पार्टपूर्जाहरु सिड्नीमा बेचबिखन गर्नुको साथै ब्यालेस्टिक क्षेप्यास्त्रका लागि सिड्नीमा प्रविधि र पार्टपूर्जा आयातका लागि आफुले सहयोग पु¥याउन सक्ने बारेमा पनि कुराकानी गरेको प्रहरीले जनाएको छ ।
उत्तर कोरियाले विश्व शान्तिमा नै धावा बोल्ने काम गरिरहेकोले उसका कारण ती नागरिक पक्राउ परेका र उनलाई के कस्तो कारबाही गर्ने भन्ने विषयमा थप कानुनी परामर्श गरिने जानकारी प्रहरी अधिकारीहरुले दिएका छन् ।
प्रकाशित मिति: २ पुस २०७४, आइतबार