पुस महिनामा तपाईको भाग्य कस्तो छ ? हेर्नुहोस् महिनाभरीको राशिफल


 


मेष

चिताएको कामले तीब्रता लिनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । दाम, इमान र प्रतिष्ठा कमाउने समय छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ । मध्य महिनामा अनावश्य यात्राको साथै आर्थिक कारोबारमा मन्दी आउनेछ । नजिकका व्यक्तिबाट धोका पाईन सक्नेछ ।

वृष

ठुला व्यक्तिले तपाईको मेहनतको प्रसंसा गर्नेछन् । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । सजिलै अरुको विश्वास जित्न सकिनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मध्य महिनाबाट मनमा निरासा, शरीरमा आलस्य आउला । समय प्रतिकुल भई कुलतमा मन जानेछ । पैतृकसम्पत्तिमा विवाद बढ्नेछ । सौन्र्दयमा धन खर्च हुनेछ ।

मिथुन

अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ला । रुखो वचन टाल्न नसक्दा दुःख पाइनेछ । स्वास्थ्य तथा सौन्र्दयमा धन खर्च हुनेछ । प्रेममा बाधाका साथै बन्न लागेको काम विग्रनेछ । मन खिन्न हुने स्थिति आउनेछ । महिनाको अन्त्यबाट काम गर्ने जोश,जाँगर र हिम्मत बढ्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।

कर्कट

प्रेमी प्रेमिकाका भावना र धारणाका कारण खिन्नता बढ्नेछ । हतारको निर्णयले समस्या निम्त्याउन सक्नेछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । महिनाको मध्यबाट अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ ।

सिंह

कीर्तिमानी काम गर्ने समय छ । राजनीति अधिकारमा सफलता मिल्नेछ । पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । काम देखाएर अरुको मन लोभ्याउन सकिनेछ । मध्य महिनामा मनोरञ्जन र भ्रमणमा खर्च बढ्नेछ । बैदेशिक कार्यमा समस्या देखा पर्ला ।

कन्या

आय आर्जनमा सुधार आउनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता प्राप्त हुनेछ । अचल सम्पत्ती हात पर्ने योग छ । सामाजिक, धार्मिक कार्यमा रुची बढ्नेछ । महिनाको अन्त्यबाट प्रतिकुल भई कुलतमा फस्न सक्नुहुनेछ । यो महिना खर्च बढ्ने देखिन्छ ।

तुला

अनावश्यक ठाउँमा खर्च बढ्ने देखिन्छ । महत्वपूर्ण ठाउँमा अवरोध आउन सक्छ । पारिवारिक उल्झनम परी आँटेका कामहरु बिग्रन सक्छन् । ठूलो उपलब्धी हात नर्पन सक्छ । मध्य महिनाबाट केही सुधार हुनुका साथै आर्थिक प्रगती हुने देखिन्छ । लामो समयदेखि बन्न नसकेका कामहरु बन्ने देखिन्छ । साथीभाईसँगको भेटघाटले मन प्रफुल्ल रहला ।

वृश्चिक

बैक तथा वित्तिय संस्थाबाट सहयोग पाउनुहुनेछ । व्यापार व्यवसायमा लाग्नेहरुलाई विशेष फाइदा होला । लामो समयदेखि रोकिएका अधुरो कार्यले पूर्णता पाउनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । वस्त्र, अलंकार आदि खरिद गर्ने योग छ । राजनीतिक कार्यमा सफलता मिल्नेछ ।

धनु

कला र गलाको प्रभाव बढ्नेछ । रोकिएको धन हात पर्नेछ । मनोरन्जनमा सहभागिता भइएला । यात्राको योग देखिन्छ । अरुको मन सजिलै जित्न सक्नुहुनेछ । सवारी साधन खरिद हुनसक्छ । कार्यसम्पादनमा सफलता मिल्नेछ ।

मकर

आफन्तहरुको सहयोगले कामहरु अगाडि बढ्नेछन् । काम देखाएर अरुको मन लोभ्याउन सकिनेछ । प्रेम सम्बन्ध प्रगाढ बन्नेछ । राजनीतिमा सफलता हात लाग्नेछ । यात्रा गर्दा सावधानी अपनाउनु होला । मध्य महिनाबाट मनमा अशान्ति छाउन सक्नेछ ।

कुम्भ

लगनशीलता कम हुँदा ठूलो उपलब्धि हात नपर्न सक्छ । सहकर्मीबाट विरोध भाव आउला । मनोरञ्जनमा लाग्दा अवसर गुम्न सक्नेछ । झूटा आरोप आईपर्दा समस्या खेप्नु पर्नेछ । मध्य महिनाबाट कूटनीतिक नियोगको सहयोग मिल्ला । पठनपाठन र चिन्तन मनमा ध्यान केन्द्रित हुनेछ । सन्तान सुख मिल्नेछ ।

मीन

आफैले गरेका निर्णय फलदायी हुनेछ । धर्म, कर्म र समाजसेवामा मन जानेछ । शुभ समाचार सुन्न पाइएला । काम गर्ने जोश, जाँगर र साहस बढ्नेछ । जग्गाजमिनको कारोबारबाट फाइदा हुनेछ । मध्य महिनामा पारिवारिक सहयोग र सद्भाव कमी आउनेछ । चोटपटक तथा दुर्घटनमा पर्ने सम्भावना भएकोले होसियारी अपनाउनु होला ।

प्रकाशित मिति: २ पुस २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्