एउटा यस्तो कविता, जसले ओली निवास बालकोटमा हुटिङ नै लाग्यो


 


भक्तपुर, पुस १
शनिबार बिहानै देखि एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास शुभचिन्तकको भिडभाडले भरिभराउ छ ।

अभिनेता राजेश हमालेदेखि भर्खरै प्रदेशसभामा मनाङबाट विजयी बनेका राजिव गुरुङसम्म यही निवास वरिपरी छन् ।

प्रदेश नं ४ को मुख्यमन्त्रीका प्रमुख दाबेदारमध्येका एक पृथ्वीसुब्बा गुरुङदेखी पत्रकार ऋषी धमलाको दोहोरदोहोरले ओली निवास बालकोटमा छुट्टै रौनक छ ।

प्रहरीका सर्वेन्द्र खनालदेखि, उद्योग बाणिज्य महासंघका चण्डी ढकालसम्मले ओलीलार्इ बधाई दिइनै सके । भरतपुरमा मेयर पदमा हारेका देवी ज्ञवाली र दाङमा टिकट नपाएकी कोमल वलीसँग सेल्फी खिच्नेको कम्ता भिड छैन् ।

भिडमा धेरै मानिसहरु छन्, जो, ओहोरदोहोर प्रक्रिया निरन्तर छ । बालकोटमा आएका सबै शुभचिन्तकले कालो चिया पिएकै छन् ।

मन्त्रलायका सचिवहरु त कति हो कति यतै भिडमा छन् । रिटायर्डहरु त गनेर साध्य नै छैन् ।

यस्तै भिडमा एकजना कवि छन्, जसले यो भिड सबै आफूतिर केन्द्रित गर्छन् । भोजपुरका वरिष्ठ साहित्यकार कवि देवी घिमिरेले एमाले अध्यक्ष ओलीको प्रशंसामा समर्पित कविता जब वाचन गर्छन्, यहाँको भिडले एकाएक हुटिङ गर्न थाल्छ ।

घिमिरे कविता वाचन गर्छन्-

समृद्धिका सवप्नद्रष्टा केपी शर्मा ओली

जनताले जितेपछि देशले हार्नुहुन्न
विकासको लक्ष्य हाम्रो पछि पार्नुहुन्न ।
समृद्धिका स्वप्नद्रष्टा बोल्छन् प्रष्ट बोली
एउटै आशा नेपालका केपी शर्मा ओली ।।

विकास र समृद्धिले तिमै बाटो हेर्छन्
गल्ती भए दुष्मनले चाँडै सत्ता फेर्छन् ।
ढिलो कत्ति गर्नुहुन्न पछि पर्छाैं भोलि
नेपालको भाग्य लेख्न उठ केपी ओली ।।

छिमेकीको मन पनि दुख्न दिनुहुन्न
सिमानाको जंगेपिल्लर झुक्न दिनुहुन्न ।
विचारका पहाडलाई जोड्न सक्नुपर्छ
साँघुरोमै पनि जीवन मोड्न सक्नुपर्छ ।।

उत्तरबाट रेल गुडोस् हिमाल पहाड छुँदै
दक्षिणबाट माया बढोस् संलो संलो हुँदै ।
विकासको नयाँ रुप देख्न पाउनुपर्छ
श्रम बेच्ने युवाशक्ति छेक्न आउनुपर्छ ।।

सुन्दर नेपाल निर्माण गर्न बनोस् राम्रो टोली
नमुना नै बनाई छाड नेपाललाई भोलि
प्रस्ट मन प्रस्ट विचार झनै प्रस्ट बोली
नेपालको भाग्यरेखा कोर्ने केपी ओली ।।

प्रकृतिको स्वर्गभूमि उजाड बन्नुहुन्न
यँही फल्छ हिरामोती खोज्न छोड्नुहुन्न ।
रेखा कोर विकासका देश बन्छ भोलि
एसियाकै सफल नेता बन केपी ओली ।।

देवीप्रसाद घिमिरे भोजपुर ।

प्रकाशित मिति: १ पुस २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्