एमाले अध्यक्ष ओलीलाई भोजपुरे टोलीको बधाई


 


भक्तपुर, पुस १
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भोजपुरे टोलीले बधाई ज्ञापन गरेको छ । ओलीले राष्ट्रियताको प्रर्बदन तथा नेपालीको शिर उँचो बनाएको भन्दै ओलीको थप मनोबल बढाउन भोजपुरे टोलीले बधाई ज्ञापन गरेको टोलीमा संलग्न भोजपुरे युवा नेता पारुहाङ राईले बताए ।

ओलीको नीजि निवास बालकोटमा नै पुगेर भोजपुर काठमाडौं सम्पर्क मञ्चका पदाधिकारी, बुद्धिजीवी, नागरिक समाज, शिक्षक लगायतका भोजपुरेहरुले बधाई ज्ञापन गरेका हुन् ।

भर्खरै सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा वाम गठबन्धनले अभुतपूर्व विजयी हासिल गरेकोमा ओलीलाई टोलीले बधाई ज्ञापन गरेको थियो ।

अब बन्ने सरकारको नेतृत्व समेत ओलीले गर्ने पक्कापक्की भएसँगै देशलाई विकास र समृद्धिको बाटोमा हिडाउँन समेत टोलीले शुभकामना दिएको थियो ।

भोजपुरे टोलीले प्रदेश नं १ को मुख्यमन्त्री शेरधन राईलाई बनाउन समेत ओली समझ माग गरेका थिए । जवाफमा ओलीले प्रदेश नं १ को मुख्यमन्त्री शेरधन राई नै हुने आश्वस्त पारेका थिए ।

साथै ओलीले देश अब विकास र समृद्धिमा अगाडि बढ्न लागेको भन्दै सबैले साथ दिन आग्रह गरेका थिए ।

ओलीलाई बधाई दिँदै भोजपुरे चर्चित कवि एंव साहित्यकार देवी घिमिरेले ओलीको प्रशंसामा कविता वाचन गरेका थिए । घिमिरेले कविता वाचन गर्दा ओली प्रफुल्ल देखिन्थे ।

प्रकाशित मिति: १ पुस २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्