आखिर यो आलिशान दरबार छाडेर कहाँ जाँदैछन् प्रचण्ड, के भयो यो घर ?


 


काठमाडौं, मंसिर २९
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अब खुमलटार सर्ने भएका छन् । लाजिम्पाटमा भाडाको घरमा बस्दै आएका दाहाल छिटै चक्रपथबाहिर पर्ने ललितपुरको खुमलटार सर्न लागेका हुन्।

खुमलटारको नयाँ घरमा केही सामान पनि सार्न सुरु गरिएको छ । ‘लाजिम्पाटमा बाटो सानो र घर साँघुरो भएकाले समस्या भएको थियो,’ दाहालका स्वकीय सचिव जोखबहादुर महराले भने, ‘दसैंअघि देखि नै घर खोजिरहेका थियौं ।

खुमलटारमा भनेजस्तो घर भेटिएकाले केही सामान सारिएको छ। सबै सार्न केही समय लाग्छ होला।’

खुमलटारमा दाहालले सर्न लागेको घर कसको हो र उनले कति भाडा तिर्ने हुन् भन्नेबारे केही खुलाइएको छैन।

२०६३ मा शान्ति प्रक्रिया सुरु भएपछि काठमाडौं आएका दाहाल सुरुमा नयाँबजारमा भाडाको घरमा बसेका थिए ।

नयाँबजारको घर साँघुरो भएपछि उनी पाँच वर्षअघि लाजिम्पाट बसाइ सरेका थिए।

प्रकाशित मिति: २९ मंसिर २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्