भोजपुरका यी १५ उम्मेदवार, जसले जमानत नै जोगाउन सकेनन्


 


भोजपुर, मंसिर २९

भोजपुरमा प्रतिनिधि सभा र प्रदेश सभामा उठेका १५ जना उम्मेदवारले आफ्ना जमानत नै जोगाउन सकेनन् ।

प्रतिनिधि सभामा ६ जना उम्मेदवारको जमानत जफत भएको छ । प्रदेश सभा १ मा  पाँच जना र २ मा चार जनाले जमानत फिर्ता पाएनन् ।

जमानत जोगाउन कुल सदर मतको १० प्रतिशत मत ल्याउनु पर्छ ।

यसरी जमानत जफत हुने उम्मेदवारहरुमा प्रतिनिधि सभा तर्फ नेकपा मालेका अनिल बस्नेत, मंगोल नेशनल अर्गनाइजेसनका चन्द्र प्रसाद राई, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल डिल्लीराम बोहरा, नयाँ शक्ति पार्टी नेपालका युवराज कट्वाल,राजपामा ध्रुवराज राई र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केदार राई मेवाहाङको जमानत जफत भएको हो ।

उनिहरुले क्रमश, २६०१, ४८०, ४८०, ३३५, ३०३ र १३५ मत ल्याए । प्रतिनिधिसभामा माओवादी केन्द्रका उम्मेदवार सुदन किराँती ३४ हजार ३९४ मत ल्याउँदै विजयी भएका थिए भने २१ हजार ६९६ मत ल्याउँदै कांग्रेका उमेशजंग रायमाझी पराजित भएका थिए ।

यी दुई बाहेक कसैले पनि आफ्नो धरौटी फिर्ता लिन सकेनन् । यहाँ ६० हजार ४२४मत सदर भएको थियो ।

त्यस्तै सातजना उम्मेदवार रहेको प्रदेश सभा १ मा पाँच जनाको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले जनाएको छ ।

जनसमाजवादी पार्टी नेपालका पर्शु राम राई, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका आङ्गडेण्डी शेर्पा, मंगोल नेशनल अर्गनाइजेसनका मोजेज  राई, राष्ट्रिय जनता पार्टी नेपालका सुवास राई र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उत्तम राईले धरौटी जोगाउन नसकेका हुन् ।

उनिहरुले क्रमश, ७४७, ५५१, २२९, १५१ र ७१ मत प्राप्त गरेका थिए ।

यहाँ १९ हजार २९७ मत ल्याएर एमालेका राजेन्द्र कुमार राई विजयी भए भने संघीय समाजवादी फोरम नेपालका अजम्बर राई काङमाङले ११ हजार ५४१ मत ल्याउँदै दोस्रो भए । यहाँ ३२ हजार ५८७ मत सदर भएको थियो ।

प्रदेश सभा क्षेत्र नं २ मा छ जना उम्मेदवारमध्ये चार जना आफ्नो धरौटी फिर्ता गर्न असफल रहे ।

२० हजार ३३४ मत ल्याउँदै एमालेका शेरधन राई विजयी भए भने कांग्रेसका गोबिन्दबहादुर कार्कीले ७ हजार १०५ मत ल्याए । यहाँ २८ हजार ५४५ मत सदर थियो ।

नेकपा मालेमा यादव कुमार पाण्डे,  देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका देव प्रसाद राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जित बहादुर राई र संघीय खम्बुवान लोकतान्त्रिक पार्टीका सुवास राईको धरौटी जफत भएको हो ।

उनिहरुले क्रमशः ७८९, १३०,१२८ र ५९ मत प्राप्त गरे ।

प्रकाशित मिति: २९ मंसिर २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्