प्रदेश नं ३ को मुख्यमन्त्रीमा शाक्यदेखि स्थापितसम्म आकांक्षी


 


काठमाडौं, मंसिर २९
वाम गठबन्धनले प्रदेश नं ३ मा स्पष्ट बहुमत ल्याएपछि प्रदेश सांसदहरु मुख्यमन्त्रीको आकांक्षीका रुपमा देखिनुभएको छ ।

प्रदेश नं ३ प्रदेशसभामा वाम गठबन्धनले ६६ मध्ये ५७ सिट जीत हासिल गरेपछि मुख्यमन्त्रीका लागि दौडधुप चलेको छ ।

मुख्यमन्त्रीको आकांक्षीमा नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यदेखि काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख केशव स्थापितसम्म देखिनुभएको छ ।

निर्वाचन अगाडि नै मुख्यमन्त्रीको रुपमा प्रस्तुत भएका उहाँ अहिले निर्वाचनको नतिजा आइसकेपछि आकांक्षीको रुपमा प्रस्तुत हुनुभएको छ ।
मुख्यमन्त्रीको रुपमा आकांक्षीको रुपमा शाक्य, स्थापितसँगै एमाले पोलिटब्यूरो सदस्यद्वय राजेन्द्र पाण्डे र सानुकुमार श्रेष्ठ, पशुपति चौलागार्इं, अरुण नेपाललगायत देखिनुभएको छ ।

उपाध्यक्ष शाक्य प्रमुख दाबेदारका रुपमा रहनुभएको छ । उहाँहरु अहिले आफू मुख्यमन्त्री बन्नका लागि दौडधूपमा रहनुभएको छ । एमाले उपाध्यक्ष शाक्यले पार्टीको प्रदेश प्रमुख भएको नाताले मुख्यमन्त्री आफू नै हुने दाबी गर्नुभयो ।

‘‘प्रतिनिधिसभामा नगई मैले मुख्यमन्त्रीको लागि नै प्रदेशसभामा प्रतिनिधित्व गरेको हुँ’ उहाँले भन्नुभयो–‘‘सबै साथीले पनि मलाई अघि सार्नुभएको छ ।’’

प्रकाशित मिति: २९ मंसिर २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्