सुनको मूल्य घट्यो, कति छ आज ?


 


काठमाडौं, मंसिर २९
साताको अन्तिम दिन शुक्रबार आज सुनको मूल्य घटेको छ । हिजोको तुलनामा आज सुन प्रतितोला दुई सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५४ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य ५४ हजार पाँच सय रुपैयाँ थियो ।

त्यस्तै चाँदी आज प्रतितोला पाँच रुपैयाँ घटेको छ । आज चाँदी ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २९ मंसिर २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्