यस्तो आयो समानुपातिकतर्फ दलहरुको मतपरिणाम (सबै दलको मत परिणाम सहित)


 


काठमाडौँ, मंसिर २९
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको जारी मतगणनामा नेकपा (एमाले)को अग्रता कायमै छ ।

निर्वाचन आयोगको पछिल्लो मत परिणामअनुसार एमाले २९ लाख ९७ हजार १३० मतका साथ पहिलो स्थानमा छ । एमालेलाई पछ्याउँदै नेपाली काँग्रेसले २९ लाख ९ हजार २९३ मत ल्याई दोस्रो स्थान हासिल गरेको छ ।

त्यस्तै नेकपा (माओवादी केन्द्र) १२ लाख २ हजार ३२ मतसहित तेस्रो स्थानमा छ भने चौथो स्थानमा रहेको संघीय समाजवादी फोरमले चार लाख २१ हजार ५२८ मत पाएको छ ।

त्यसैगरी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले तीन लाख ८३ हजार ७०६, विवेकशील साझाले एक लाख ९९ हजार ५३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एक लाख ८९ हजार २८०, राप्रपा (प्रजातान्त्रिक) ले ८३ हजार १४३, नयाँ शक्ति पार्टी नेपालले ७६ हजार १९४, र नेपाल मजदुर किसान पार्टीले ५२ हजार ६९३ मत ल्याएको छ ।

बिहान १० बजेसम्म ८८ लाख ३५ हजार ८६८ मतगणना भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति: २९ मंसिर २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्