घुस लिँदालिँदै कर्मचारी यसरी पक्राउ परे


 


भक्तपुर, मंसिर २८
जिल्ला मालपोत कार्यालयको रजिस्ट्रेसन फाँटमा कार्यरत नायब सुब्बा देवराज काफ्लेलाई एक लाख घुस लिँदै गर्दा आज दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

मालपोत कार्यालयको जमिनमुनिको कोठामा घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो ।

सूर्यविनायक नगरपालिका नङ्खेलको जग्गा पास गर्न डोर खटाउने क्रममा आवश्यक दस्तुर १५ हजार बुझाइसकेपछि पनि थप एक लाख घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले पक्राउ गरेको हो । टोलीले थप अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति: २८ मंसिर २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्