बैंकमा किन थुप्रिदैछ पैसा ? यस्तो छ कारण


 


काठमाडौं, मंसिर २८
लगानी गर्न नसक्दा बैंक तथा वित्तीय क्षेत्रमा पैसा थुप्रिन थालेको छ ।

चालू आवको पहिलो महिनासम्म लगानीयोग्य पैसाको अभाव भएको बैंकिङ क्षेत्रमा पछिल्लो चार महिनामा ३४ अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

गत वर्ष यसै समयमा बैंकमा लगानीयोग्य पुँजीको चरम अभाव थियो । बैंक तथा वित्तीय संस्थामा हाल ३४ अर्ब तरलता देखिएको नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले जानकारी दिए ।

अहिले बैंक तथा वित्तीय संस्थामा अधिक तरलता छु, उनले भने, ‘आगामी दिनमा पनि यसको चाप रहिरहने देखिन्छ । राजनीतिक दलले चुनावमा गरेको खर्च बैंकमा आइसकेको छैन । त्यो आएपछि तरलता अझ बढ्नेछ।

तरलता बढेसँगै स्थानीय तहमा सरकार गठन भइसकेको अवस्था भएकाले आर्थिक गतिविधि बढ्छ। ‘बैंकहरूले लगानीका बाटाहरू खोज्छन्, उनले भने ,‘तरलता व्यवस्थापन हुन्छ। अन्नपूर्णपोष्ट

प्रकाशित मिति: २८ मंसिर २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्