कुन प्रदेशमा कुन दलले कति मत ल्याए ? (सबै विवरण सहित)


 


काठमाडौं, मंसिर २८
समानुपातिक तर्फको मतगणना यतिबेला जारी छ । प्रतिनिधि सभा र प्रदेश सभा तर्फको समानुपातिक मतगणना कार्य धमाधम भइरहेको छ ।

धेरै जिल्लाको मगगणना सकिएको छ । प्रदेश सभा तर्फ पाँच वटा प्रदेशमा एमालेले सबैभन्दा धेरै मत ल्याएर अग्रता कायम राखेको छ भने दुईवटा प्रदेशमा कांग्रेस पहिलो छ ।

विहान साढे ७ बजेसम्ममा एमाले १, ३, ४, ५, र ६ नम्बर प्रदेशमा पहिलो छ भने २ र ७ नम्बर प्रदेशमा कांग्रेस पहिलो छ ।

प्रदेश नं १

प्रत्यक्ष तर्फ बहुमत बढी सदस्य जितेको यो प्रदेशमा एमाले समानुपातिकतर्फ पनि पहिलो नै अवस्थामा छ ।

अहिलेसम्म एमालेले ५ लाख ५९ हजार पाँच सय मत ल्याएर पहिलो भएको हो, कांग्रेसले ४ लाख ७१ हजार, माओवादीले १ लाख ७९ हजार, संघीय समाजवादी फोरमले ५४ हजार, राप्रपाले ४८ हजार मत पाएको छ । अहिलेसम्म १४ लाख ३० हजार मतगणना भएको छ ।

प्रदेश २

यो प्रदेशमा अहिलेसम्म कांग्रेसले पहिलो मत ल्याएको छ । यहाँ कांग्रेसले २ लाख ५३ हजार, फोरमले १ लाख ९४ हजार, राजपाले १ लाख ९१ हजार, एमालेले १ लाख ६८ हजार र माओवादीले १ लाख ६ हजार मत प्राप्त गरेको छ । यो प्रदेशमा १० लाख मतगणना भएको छ ।

प्रदेश ३

प्रदेश नं ३ मा पनि एमालेले पहिलो मत प्राप्त गरेको छ । अहिलेसम्म एमालेले ५ लाख २३ हजार, कांग्रेसले ४ लाख ३२ हजार, माओवादीले २ लाख ४१ हजार, विवेकशिल साझाले ९५ हजार र राप्रपाले ५३ हजार मत प्राप्त गरेको छ । यहाँ १४ लाख ५० हजार मतगणना भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश ४

प्रदेश नं ४ मा एमाले अग्रस्थानमा छ । यहाँ एमाले ३ लाख ३७ हजार, कांग्रेस ३ लाख ३१ हजार, माओवादी १ लाख १४ हजार, नयाँ शक्ति २४ हजार र राष्ट्रिय जनमोचार्ले १९ हजार मत प्राप्त गरेको छ । यहाँ ८ लाख ७७ हजार मतगणना सकिएको छ ।

प्रदेश ५

प्रदेश नं ५ मा पनि एमाले पहिलो स्थानमा छ । यहाँ गणना भएको १३ लाख २८ हजारमा एमालेले ४ लाख ४६ हजार मत प्राप्त गरेको छ । कांग्रेसले ४ लाख ३८ हजार, माओवादीले २ लाख, फोरमले ६५ हजार र राजपाले ४२ हजार मत प्राप्त गरेको छ ।

प्रदेश नं ६

प्रदेश नं ६ मा ३ लाख ९० हजार मत गणना भएको छ । जसमा एमालेले १ लाख ३३ हजार, कांग्रेसले १ लाख २४ हजार, माओवादीले ९७ हजार, राप्रपाले १३ हजार र नेमकिपाले सात हजार मत प्राप्त गरेको छ ।

प्रदेश नं ७

यो प्रदेशमा ५ लाख ९० हजार मतगणना हुँदा कांग्रेस अग्रस्थानमा छ । कांग्रेसले २ लाख ३० हजार, एमालेले २ लाख ६ हजार, माओवादीले १ लाख, राजपाले १७ हजार र राप्रपाले १२ हजार मत प्राप्त गरेको छ ।

प्रकाशित मिति: २८ मंसिर २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्